काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड ५३ लाख ७८ हजार पाँच सय ३० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ११ करोड ७० लाख ७९ हजार पाँच सय ५९ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४९ रुपैयाँ रहेको फाइनान्सले चालु आवको दोस्रो त्रैमासमा २२ अर्ब ४८ करोड ४२ लाख ७७ हजार नौ सय १९ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड ६६ लाख ६७ हजार नौ सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोअवधिमा ४५ करोड ३२ लाख ७३ हजार सात सय ६८ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले २१ अर्ब तीन करोड ४६ लाख ३० हजार ५१ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख ३० हजार पाँच सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड ८० लाख ५५ हजार चार सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।