काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुपरमाई हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । सुपरमाई हाइड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्र्याउने लगायत सेयरवालाको लगत अद्यावधिक राख्ने तथा रजिष्ट्रारसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न विषयमा यही माघ आठ गते दुवै संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौता यही फागुन एक गतेदेखि कार्यान्वयनमा आउने छ ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुपरमाई हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि पौडेलले हस्ताक्षर गरेका छन् ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।