काठमाडौं । कर्जाको मागमा संकुचन आउँदा पछिल्लो समय बैंकहरूको व्यवसाय खासै नफस्टाए पनि नियमित खर्च भने बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरूले कर्मचारीहरूको तलब, भत्ता र कार्यालय व्यस्थापन शीर्षकमा मात्र झण्डै आधा खर्ब रुपैयाँ खर्च गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार यस्तो खर्चमा कर्मचारीहरूको तलब–भत्ता शीर्षकअन्तर्गत २८ अर्ब ५४ करोड ४० लाख र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत १७ अर्ब छ करोड ४० लाख रुपैयाँ समेत गरी कुल ४५ अर्ब ६० करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब ६३ करोड १० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलब–भत्ताअन्र्तगत २६ अर्ब ८० करोड ४० लाख र कार्यालय व्यवस्थापन अन्तर्गत १७ अर्ब १६ करोड ७० लाख रुपैयाँ समेत गरी कुल ४३ अर्ब ९७ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् । चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्र कर्मचारीहरूको तलब–भत्तामा २५ अर्ब चार करोड २० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १४ अर्ब ६४ करोड २० लाख रुपैयाँ समेत गरी कुल ३९ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३३ करोड ७० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब–भत्ता शीर्षकअन्तर्गत २३ अर्ब ४४ करोड ३० लाख र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत १४ अर्ब ९० करोड ४० लाख रुपैयाँ समेत गरी कुल ३८ अर्ब ३४ करोड ७० लाख रुपैयाँ खर्च गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा कर्मचारीहरूको तलब–भत्ता शीर्षकअन्तर्गत दुई अर्ब ७६ करोड १० लाख र कार्यायल व्यवस्थापन शीर्षकअन्तर्गत एक अर्ब ९२ करोड ३० लाख रुपैयाँ समेत गरी कुल चार अर्ब ६८ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा २० करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलब–भत्ताअन्तर्गत दुई अर्ब ६७ करोड ३० लाख र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत एक अर्ब ८० करोड ७० लाख रुपैयाँ समेत गरी कुल चार अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालूृ आवको पछिल्लो पाँच महिनाको अवधिमा कर्मचारीहरूको तलब–भत्ता शीर्षकअन्तर्गत ७४ करोड १० लाख र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत ४९ करोड ९० लाख रुपैयाँ समेत गरी कुल एक अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा नौ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलब–भत्ता शीर्षकअन्तर्गत ६८ करोड ८० लाख र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत ४५ करोड ७० लाख रुपैयाँ समेत गरी कुल एक अर्ब १४ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।