काठमाडौँ । सूर्यकुण्ड हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयर जारी गरी बाँडफाँटसमेत गरेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले सर्वसाधारणको लागि यही माघ १८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड ७२ लाख ४३ हजार एक सय रुपैयाँ बराबरको पाँच लाख ४२ हजार चार सय ३१ कित्ता साधारण सेयर बिक्री गर्ने छ । लगानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ २१ गते र ढिलोमा फागुन तीन गते बन्द हुने छ । कम्पनीको जारी पुँजी भने ६८ करोड ९६ लाख ७४ हजार चार सय रुपैयाँ रहेको छ ।