काठमाडौँ । हाइल्यान्ड डिस्टिलरी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर जारी गर्ने प्रस्तावसहितका एजेन्डा पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौँको हात्तिसारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा विहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभाले प्रचलित धितोपत्रसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ्ग विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र सोसम्बन्धी कार्य गर्न तथा गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ ।