काठमाडौँ । ग्लोबल आईएमई बैंकले सुरु गरेको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको छ । बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको हाटबजार माघ २ गते शुक्रबार ५०औँ हप्तामा प्रवेश गरेको हो ।
बैकका अनुसार सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ । ५०औँ संस्करण यो यात्रा आइपुगेकोमा यात्रा सुखद् बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले जानकारी दिए । यस कार्यक्रममा साथ दिने र सहभागी हुने सम्पूर्ण उद्यमीहरूलाई उनले धन्यवादसमेत ज्ञापन गरेका छन् ।