काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२मा तोकिएको बीमाशूल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका तीन सय जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी सो अवसरमा कम्पनीले वार्षिक योजनाअन्तर्गतले जारी गरेको नेसनल अवार्ड योजनाअन्तर्गत नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सीईओ क्लब र नेसनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताएका थिए । साथै उनले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपाल भरबाट एक हजार छ सय जना जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताए ।
चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको सो समारोहमा सहभागी अभिकर्ताहरुले तालिमबाट थप ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए ।