काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौँ, पशुपति स्थित, समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
यस किसिमको पहलबाट बैंकले आश्रमका वृद्धवृद्धाहरुको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम, पशुपतिकी प्रमुख, शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव, प्रकाश मणि शर्मा भूषाल, पशुपति विकास कोषका कोषाध्यक्ष, श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रविण मुनि बज्राचार्य र बैंक तथा संस्थाका अन्य पदाधिकारीहरुसमेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय–समयमा गर्दै आइरहेकोे छ ।
नेपाल एसबीआई बैंक लि.ले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका एक सय दुई शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, एक सय २७ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।