काठमाडौं, भदौ २४
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दुुई दिन ओरालो लागेको बजार परिसूचक साताको तेस्रो दिन कारोबार दिन मंगलबार भने सात दशमलव ३५ अंकले उकालो लागेर १४ सय ९५ दशमलव १५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८३ अंकले उकालो लागेर दुुई सय ९९ दशमलव ४७ अंकमा चढेको छ । यसदिन कुल एक सय ९० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २३ हजार दुुई सय ९७ वटा कारोबारमा ४१ लाख ८० हजार आठ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार दुुईवटा समूहको सूचक ओरालो लागेर बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ८५ अंकले ओरालो लागेर १२ सय छ दशमलव ४५ अंकमा झर्दा होटल समूहको सूचक पनि चार दशमलव ९६ अंकले ओरालो लागेर १५ सय ११ दशमलव १९ अंकमा झरेको छ । यीबाहेक विकास बैंक समूहको सूचक भने सात दशमलव चार अंकले उकालो लागेर १७ सय ५१ दशमलव ८३ अंकमा चढेको छ भने जलविद्युुत् समूहको सूचक पनि २१ दशमलव एक अंकले उकालो लागेर एक हजार ९४ दशमलव चार अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७३ दशमलव ४३ अंंकले उकालो लागेर सात हजार चार सय ७४ दशमलव ३६ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव ५९ अंकले उकालो लागेर नौ हजार एक सय ६४ दशमलव ७४ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः ८१ दशमलव तीन, चार दशमलव ४९, ८० दशमलव ६४, १२ दशमलव ५६ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर तीन हजार तीन सय ९० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको उन्नति सहकार्य लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९३ पैसाले बढेर १२ सय सात रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, नागरिक लगानी कोष आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य भने नौ रुपैयाँ ८६ पैसाले घटेर तीन सय ९३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पञ्चकन्यामाई हाइड्रो पावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ३२ पैसाले घटेर ८९ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक पोखरा फाइनान्स, युनिभर्सल पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ५९ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ५३ लाख ३९ हजार नौ सय ६७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता ३४ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड २२ लाख ९६ हजार दुई सय ७७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, एमएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।