काठमाडौं । शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन ५७ दशमलव ५५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार तीन दशमलव शुन्य सात अंकले ओरालो लागेर २७ सय ६९ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको एक लाख ४७ हजार छ सय ७६ पटकको कारोबारमा तीन करोड ६२ लाख ६४ हजार आठ सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार चार सय ६६ रुपैैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौंं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।