काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। पौडेल हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोकिएको छ। नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख निकाय हो। पौडेलको नियुक्तिसँगै प्राधिकरणको नेतृत्व औपचारिक रूपमा टुंगो लागेको छ।