हिजोआज सामाजिक संजालहरुमा झोले भन्ने शब्द एकदम भाइरल छ । विभिन्न राजनितिक दलहरुका कतिपय कार्यकर्ताहरुलाइ झोले भन्ने गरेका छन् । त्यसोत झोलेमात्र हाइन कतिपयलाइ अन्धोभक्त भन्ने, हलि भन्ने पनि गरेका छन् । खासगरी आफूलाई मन नपरेका राजनितिक दलका कार्यकर्ताहरुलाई गालि गर्नुपर्दा झोले भन्ने गरेका छन् । व्यक्ति अथवा कतिपय राजनितिक दलका समर्थकहरुले कुनै अरु राजनितिक दलका कार्यकर्ताहरुलाई आलोचना गालि गलोज गरेर झोले भन्ने गरेका बताउँछन् सरोकारवालाहरु । पछिल्लो समयमा सामाजिक संजालहरुमा आफूलाई मन नपरेका व्यक्ति संघ सस्था राजनितिक दललाई गालि गलोज गर्न साधनको माधयमको रुपमा प्रयोग भइरहेको छ भन्दा पनि फरक नपर्ला । सामाजिक संजाल भनेको सूचना जानकारी मुलक समाचारहरु को सचना प्रवाह गर्ने साधन माधयमको रुपमा प्रयोग गर्नुपर्नेमा आफूलाई मन नपरेका व्यक्ति विशेष राजनितिक दलहरुलाई गालि गलोज गर्ने साधको रुपमा प्रयोग भइरहेका जस्तो देखिन्छ सामाजिक संजालहरु । पछिल्लो समयमा बच्चा वृद्ध तन्नेरीहरु सबै जसोको हात हातमा मोबाइल फोनहरु हुने गरेका छन् अनि सबै जसोले सामाजिक संजाल चलाउने गरेका पनि छन् । यस कारणले पनि यसलाई विकृतिको माध्यम बनाउन नहने सरोकारवालाहरु बताउँछन् । कतिपयले सामाजिक संजालहरुलाई हल्लाको साधनको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । राजनितिक दलका केही कार्यकर्ताहरु र नेताहरुलाई झोले भन्ने गरेको मात्र होइन त्यसैगरी विभिन्न कम्पनिका केही सेयरधनिहरुलाई पनि झोले भन्ने गरेका छन् कतिपयले। विभिन्न कम्पनिहरुले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्दछ । साधारणसभाहरुमा धेरैजसो सेयरधनिहरुको उपस्थिति रहने गरेको छ ।
साधारणसभाहरुमा उपस्थित हुने सेयरधनिहरुलाई खाजा नास्ताको व्यवस्था पनि गरेका हुन्छन् । यस्ता खाजा नास्ताहरुलाई केही सेयरधनिहरुले झोलामा समेत हालेर लाने गरेको कारणले यिनिाहरुलाई पनि झोले भनेर भन्ने गरेका छन् केही सेयरधनिहरुले । त्यसैगरी साधारणसभामा बाल्ने केही सेयरधनिहरु पनि हुने गरेका छन् । साधारणसभाहरुमा पैसा रकम लिएर बाल्ने सेयरधनिहरुलाई कतिपय सेयरधनिहरुले खामे भनेर पनि भन्ने गरेका छन् । पैसा लिएर बाल्ने सेयरधनिहरुलाई मात्र खामेको आरोप लाग्ने गरेका छन् पैसा नलिई बोल्ने सेयरधनिहरु पनि नभएका होइनन् । त्यसोत वार्षिक साधारणसभाहरुमा भाग लिन धेरै सेयरधनिहरु पुग्ने गरेका छन् । यसरी वार्षिक साधारणसभामा उपस्थित हुने केही सेयरधनिहरु नक्कलि रहेको पनि बताउँछन् जानकारहरु । केहिले अरुको डिम्याट एकाउन्ट र नाम प्रयोग गरेर हाजिर गर्ने गरेको पनि सरोकारवालाहरु बताउँछन् । यस्ता साधारणसभाहरुमा एकै जनाले पनि तीन चार पल्ट हाजिर गर्न आउने गरेको केही कर्मचारीहरु बताउछँन् । कतिपयले त झगडासमेत गर्ने गरेको बताउँछन् कर्मचारीहरु । एक जनाले आफ्ना आफन्त साथीभाई र आफूले चिने जानेकाहरुको समेत हाजिर गर्ने गरेको बताउँछन् जानकारहरु । यस्ता नक्कलि सेयरधनिहरुले नै सभामा खान दिएको खाजा नास्ता झोलामा राखेर लाने गरेको बताउँछन् जानकारहरु । यस्ता नक्कलि सेयरधनिहरुले गर्दा साधारणसभाहरुमा भिडवाड हुने होहल्ला हुने गरेका बताउँछन् । वर्षमा एकदिन कम्पनिका पदाधिकारीहरु र सेयरधनिहरुको जमघट हुने नै वार्षिक साधारणसभामा हो भन्दा फरक नपर्ला । सेयरधनिहरुको पनि एक आपसमा भेटघाट हुने थलो हो वार्षिक साधारणसभा । यस्तो महत्वका सभाहरु भव्य र सव्य हुनुपर्दछ । यसमा कसैको दुईमत नहोला । यसकारणले पनि वार्षिक साधारणसभाहरुमा उपस्थित हुने सेयरधनिहरुले आफ्नो नाम दर्ता गर्दा सेयरधनिहरुको परिचय पत्र अनिवार्य हेर्नुपर्ने देखिन्छ । सेयरधनिहरुको परिचयपत्र वा दस्तखत रुज गर्ने वा डिम्याट एकाउन्टको स्टेटमेन्ट हेर्ने गर्नुपर्दछ । सेयरधनिहरुको परिचय पत्र हेर्न त नियममा पनि नभएको होइन तर नियमको कार्यान्ययन गरेनन् कम्पनिहरुले । सबैजसो सेयरधनिहरुको भनाइमा वार्षिक साधारणसभाहरुमा उपस्थित हुने सेयरधनिहरुको परिचयपत्रको नियम अनिवार्य रुपमा लाग गर्नुपर्ने बताउँछन् । कतिपय कम्पनिहरुलाई वार्षिक साधारणसभाहरुमा भिडभाड हुने धेरै सेयरधनिहरुको जमघट हुने मन परेको जस्तो पनि देखिन्छ । वार्षिक साधारणसभा होस् वा विशेष साधारणसभा होस् साधारणसभाहरुलाई सभ्य र भव्य बनाउन सेयरधनिहरुको पनि हात रहेको हुन्छ । यसका लागि सेयरधनिहरु पनि सचेत हुन जरुरी छ । पछिल्लो समयमा सामाजिक संजालहरुमा पनि नक्कलि सेयरधनिहरुको, शरणार्थिहरुका चर्चा हुने गरेका छन् भने साधारणसभामा सेयरधनिहरुलाई राखेको खाजा खाना र केही सेयरधनिहरुले झोलामा राखेको भिडियो क्लिपहरु पनि भाइरल भइरहेका छन् । खासगरी यस्ता गतिविधि गर्नेहरु नक्कलि सेयरधनिहरु हुने गरेका केही जानकारहरु बताउँछन् । यसका लागि त सेयरधनिहरुलाई परिचयपत्र अनिवार्य गर्नुपर्ने नै हुन्छ । यसमा आगामी वार्षिक साधारणसभाहरुमा कम्पनिहरुले ध्यान दिने नै छन् ।