काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)को बाँडफाँट कार्य सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सोमबार सेयर बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीको सेयरमा २५ लाख ७० हजार चार सय २२ जनाले तीन करोड १७ लाख आठ हजार तीन सय ९० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार उक्त सेयरमा आठ लाख २० हजारले १०÷१० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ । कम्पनीले पुस २९ गतेदेखि माघ चार गतेसम्म आम सर्वसाधारणका लागि ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको थियो ।