काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्धसम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश स्तरीय तालिम कैलालीको धनगढीमा आयोजना गरेको छ ।
तालिममा नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रूपमा तालिम दिएका थिए । कम्पनीको सो प्रदेशमा रहेका सबै शाखाका कर्मचारीहरूलाई सहभागिता गराइएको सो तालिममा नायब महाप्रवन्धक नवराज पराजुली, विभागिय प्रमुख सुर्दशन आचार्यले आवश्यकता र महत्वको बारेमा जानकारी गराएका थिए ।
बीमा क्षेत्रमा हुनसक्ने सम्भावित जोखिमको पहिचान एवं रोकथाम र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन, प्राधिकरणबाट जारी निर्देशिका एवं निर्देशनहरूलगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको कम्पनीले जनाएको छ ।