काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
कम्पनीले माघ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यस कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२०एफ एफआई विएस६ को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलो पटक सार्वजनिक भएको नयाँ बजाज पल्सर २२०एफ एफआई विएस६ ले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२०एफ चार लाख ३९ हजार ९ सय रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध गराइनेछ ।
कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा आठ हजार रुपैयाँसम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार, यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो । पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास रहेको छ ।