काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन तीन दशमलव शुन्य सात अंकले खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ४२ दशमलव ५८ अंकले ओरालो लागेर २७ सय २६ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३३ वटा कम्पनीहरुको एक लाख ४२ हजार चार सय ७६ पटकको कारोबारमा तीन करोड दुई लाख ६२ हजार सात सय १० कित्ता शेयर खरिद बिक्री भएका छन । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार चार सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर देखिएको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटै उपसमुहहरुको सुचक घटेर राताम्मै देखिएको छ ।