हालै संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (यूएन डब्लूटीओ)’ले सन् २०२५ मा कति पर्यटकले विश्व भ्रमण गरे ? भन्ने सम्बन्धमा एक तथ्यांक प्रस्तुत गरेको छ । सो तथ्यांकअनुसार सन् २०२५ मा १.५२ बिलियन पर्यटकले विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस्तै गरेर २०२४ मा चाहिँ १.३ बिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । तथ्यांकअनुसार सन् २०२५ मा सन् २०२४ मा भन्दा ४ प्रतिशतले विश्व पर्यटक आगमन दर बढेको थियो भने, सन् २०२४ मा चाहिँ सन् २०२३ को तुलनामा २.९ प्रतिशतले विश्व पर्यटक आगमन दर बढेको थियो ।
तथ्यांककै कुरो गर्दा कमाइ सम्बन्धमा पनि कुरो गरौँ । त्यसरी कमाइको कुरो गर्दाखेरि विश्व समाचार संस्था रोयटर्सले केही समयअघि प्रकाशित गरेको एक समाचारअनुसार सन् २०२५ मा विश्व पर्यटन क्षेत्रमा ११.५ ट्रिलियन अमेरिकी डलर आमदानी भएको छ । स्मरणीय के छ भनेदेखि, सन् २०२४ मा चाहिँ १० ट्रिलियन अमेरिकी डलर आम्दानी भएको थियो, विश्व पर्यटन क्षेत्रबाट । त्यसैगरी सन् २०२५ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा विश्व पर्यटन क्षेत्रको योगदान चाहिँ १०.३ प्रतिशत रहेको छ । सन् २०२५ मा विश्व पर्यटनमा भएको ११.५ ट्रिलियन अमेरिकी डलर आम्दानीमा पनि सबैभन्दा धेरै आम्दानी गर्ने देश चाहिँ अमेरिका रहेको छ । तथापि पनि अहिलै तथ्यांकलाई पूर्ण रुपमा प्रशोधन गरी नसकिएको हुनाले गर्दा अमेरिका एक्लैले सन् २०२५ मा कति बिलियन अमेरिकी डलर आम्दानी गर्यो ? भन्ने जनाइएको छैन । सन् २०२४ मा चाहिँ अमेरिका एक्लैले पर्यटन क्षेत्रबाट दुई सय १५ बिलियन अमेरिकी डलर कमाएको थियो । पर्यटक आमगन दरमा चाहिँ सन् २०२५ मा अमेरिका दर सन् २०२४ को तुलनामा ६ प्रतिशतले घटेको छ । त्यसो हुनुको एक कारण चाहिँ अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति भएपछि अमेरिकाले लिएको ‘भिषा नीति’ रहेको थियो । अर्को कारण आफूले भनेको नमान्ने देशमाथि लागू गरेको ‘कर नीति’लाई केही हदसम्म दोषी मानिएको छ ।
विश्व पर्यटन आगमनका सन्दर्भमा भन्नुपर्दा विगत ४ वर्षमा भ्रमण गर्न आएको प्रमुख १० देशको तथ्यांकको सूची हेर्दा अधिकांश युरोपेली देशमा विश्व पर्यटक आगमनको संख्या धेरै रहेको देखिन्छ । त्यसमा पनि नम्बर एकमा चाहिँ धेरै लामो समयदेखि सदाबहार रुपमा युरोपेली देश फ्रान्स रहने गरेको छ । त्यसैले तल विगत ३ वर्षमा विश्वमा धेरै पर्यटक भ्रमण गर्न आएको प्रमुख १० मध्ये ५ देशमा भ्रमण गर्न आएका पर्यटक संख्याको सूचीलाई तथ्यांकीय ढंगले प्रस्तुत गरिएको छ ।
१) फ्रान्सः सन् २००२२ मा ७९.४ मिलियन विदेशी पर्यटक भ्रमण गर्न आएका थिए । एवं प्रकारले सन् २०२३ मा चाहिँ एक सय मिलियन विदेशी पर्यटकले फ्रान्स भ्रमण गर्न आएका थिए । त्यस्तै सन् २०२४ मा १०२ मिलियन विदेशी पर्यटकले फ्रान्स भ्रमण गरेका थिए ।
२) स्पेनः सन् २०२२ मा ७१.७ मिलियन विदेशी पर्यटक स्पेन भ्रमण गर्न आएका थिए । सन् २०२३ मा ८५.२ मिलियन विदेशी पर्यटकले स्पेन भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०२४ मा ९३.८ मिलियन विदेशी पर्यटकले स्पेनको भ्रमण गर्न आएका थिए ।
३) अमेरिकाः सन् २०२२ मा ५०.९ मिलियन विदेशी पर्यटक अमेरिका भ्रमण गर्न आएका थिए भनेदेखि, सन् २०२३ मा ६६.५ मिलियन विदेशी पर्यटकले अमेरिकाको भ्रमण गर्न आएका थिए । एवं प्रकारले सन् २०२४ मा ७२.४ मिलियन विदेशी पर्यटकले अमेरिका भ्रमण गरेका थिए ।
४) चीनः सन् २०२२ को तथ्यांक छैन । त्यसको कारण हो, सन् २०२०, २०२१ र २०२२ मा विदेशी पर्यटकलाई आवागमन बन्द गरेको थियो, चीन सरकारले । उता सन् २०२३ मा ३५.५ मिलियन विदेशी पर्यटकले चीन भ्रमण गर्न आएका थिए । साथै सन् २०२४ मा चाहिँ ६४.९ मिलियन विदेशी पर्यटकले चीन भ्रमण गरे ।
५) तुर्किए/तुर्किए(टर्की): सन् २०२२ मा ५०.५ मिलियन विदेशी पर्यटकले तुर्किए/तुर्किएको भ्रमण गर्न आएका थिए । त्यस्तै सन् २०२३ मा ५५.२ मिलियन विदेशी पर्यटक तुर्किए/तुर्किए भ्रमण गर्न आएका थिए भने, सन् २०२४ मा चाहिँ ६०.६ मिलियन विदेशी पर्यटकले तुर्किए/तुर्किएको भ्रमण गरेका थिए ।
जसरी विश्व पर्यटन आगमनका सन्दर्भमा भन्नुपर्दा प्रमुख १० देशको सूचीमा पनि पहिलो नम्बरमा लामो समयदेखि सदाबहार रुपमा युरोपेली देश फ्रान्स रहने गरेको छ, त्यसैगरी विश्व पर्यटन क्षेत्रमा कमाइका आधारमा हेर्दा विगत लामो समयदेखि सदाबहार रपमा उत्तर अमेरिकी महदेशको अमेरिका भन्ने देश पहिलो रहने गरेको देखिन्छ । तल सन् २०२३ र सन् २०२४ मा विश्वमा न क्षेत्रबाट धेरै कमाइ गर्ने ५ देशको सूची प्रस्तुत गरिएको छ ।
१) अमेरिकाः सन् २०२३ मा एक सय ८९.१ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा दुई सय १५ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
२) स्पेनः सन् २०२३ मा ९२ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा १०६.५ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
३) बेलायतः सन् २०२३ मा ७३.४ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ८४.५ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
४) फ्रान्सः सन् २०२३ मा ७१.२ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ७७.१ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
५) इटलीः सन् २०२३ मा ५५.९ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ५८.७ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
६) युनाइटेड अरब इमिरेट्स (यूएई): सन् २०२३ को आम्दानी उपलब्ध रहेको छैन । तर, सन् २०२४ मा चाहिँ यूएईले आफ्नो देशमा भ्रमण गर्न आएका विदेशी पर्यटकबाट ५७ बिलियिन अमेरिकी डलर कमाइ गरेको थियो ।
७) टर्कीः सन् २०२३ मा ५०.१ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ५६.३ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
८) जापानः सन् २०२३ मा ३८.६ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ५४.७ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
९) अष्ट्रेलियाः सन् २०२३ मा ४६.१ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ५२. बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
१०) क्यानडाः सन् २०२३ मा ४५.४ बिलियिन अमेरिकी डलर कमाइ गरेको । सन् २०२४ मा ४९.९ बिलियिन अमेरिकी डलर कमाइ गरेको ।
यसरी विश्व पर्यटन क्षेत्रको संख्या र कमाइको अवस्था हेर्दा संख्यामा फ्रान्सको दबदबा रहेको देखिन्छ । त्यस्तै गरेर कमाइका आधारमा हेर्दा चाहिँ सँधै अमेरिकाको दबदबा रहने गरेको देखिन्छ । यो अवस्था धेरै समयपछिसम्म रहिरहने छ । विश्व भ्रमण गर्न निक्लने १.५२ अर्ब विदेशी पर्यटकको संख्या एवम् उनीहरूले गर्ने गरेको वार्षिक १० ट्रिलियनदेखि ११.६ ट्रिलियन अमेरिकी डलर जुन खर्च गर्ने गरेका छन्, त्यो/ती मध्ये शून्य दशमलब दुई प्रतिशत संख्या र खर्च मात्रै नेपाल भित्र्याउन पाए कस्तो हुँदो हो ? अहिलेलाई कल्पना मात्रै गरौँ, होइन त.....!