काठमाडौँ । सिन्धु विकास बैंक खुद नोक्सानीमा देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५४ लाख ६८ हजार एक सय २२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा बैंकले चार करोड ८७ लाख चार हजार एक सय २३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा पाँच अर्ब ६६ रकोड सात लाख २३ हजार एक सय ४४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २५ करोड ६३ लाख ९४ हजार चार सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ८८ लाख पाँच हजार एक सय ९० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा छ दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले पाँच अर्ब ६८ करोड आठ लाख ९६ हजार एक सय ७८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २० करोड ८७ लाख ७२ हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६६ लाख ९८ हजार सात सय ७० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा नौं दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।