काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । प्रहरीका अनुुसार काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेव बस्ने गुल्मी रूरूक्षेत्र नगरपालिका–२ घर भएकी ३५ वर्षीया ममता कुँवरलाई आइतबार पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौँको गत वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा एक लाख ६३ हजार पाँच सय रूपैयाँ जरिवाना, छ हजार पाँच सय ४० रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने र तीन दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।