काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् । नवनियुक्त अध्यक्ष पौडेलले मंगलबारबाट अध्यक्ष पदमा कार्यभार सम्हालेकी हुन् । यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष पौडेललाई मंगलबार नेपाल बीमा प्राधिकरणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरूलगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।