काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बिपद् बीमा जोखिम न्यूनिकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका अनुसार यही माघ १२ गते उदयपुर जील्लाको रौतामाई नगरपालिका वडा न. ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद् बीमा जोखिम न्यूनिकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका वडा न. ७ का अधक्ष्य मनोज कुमार राणा मगरको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने गाइघाट शाखा प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।
कार्यालयका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, प्रतिनिधि तथा अगुवा कृषकहरु गरी जम्मा ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमा प्रक्रिया ,दाबी सम्बन्धमा आवश्यक महत्वपूर्ण जानकारी गराएका थिए ।