सिन्धुली । मोटरसाइकल दुर्घटनामापरि दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका सुनुवारको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो ।