काठमाडौं । हुन्डाइको नयाँ फ्ल्यागसिप एसयूभी हुन्डाइ पालिसेडले ‘२०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर टिएम’ उपाधि प्राप्त गरेको छ । यो अवार्ड नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर (एनएसीटीओवाई) निर्णायक समितिले प्रदान गरेको हो ।
अमेरिका र क्यानडाका ५० जना स्वतन्त्र अटोमोटिभ पत्रकार सम्मिलित निर्णायक मण्डलले लामो समयको वास्तविक ड्राइभिङ, तुलनात्मक परीक्षण र प्राविधिक मूल्यांकनपछि पालिसेडलाई वर्षकै उत्कृष्ट युटिलिटी भेहिकल घोषित गरेको हो । मूल्यांकनमा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा, प्रविधि र उपभोक्ता मूल्यलाई आधार बनाइएको थियो । तीन पंक्तियुक्त फ्ल्यागसिप एसयूभी पालिसेडलाई यसको हाइब्रिड र इन्टरनल कम्बस्चन इन्जिन पावरट्रेन विकल्प, सेग्मेन्टभन्दा फराकिलो इन्टेरियर स्पेस, उन्नत सुरक्षा प्रणाली र परिवार केन्द्रित सुविधा प्रविधिका कारण निर्णायकहरूले उच्च मूल्यांकन गरेका छन् । हुन्डाइ मोटर कम्पनीका अनुसार नयाँ पुस्ताको पालिसेडमा समावेश गरिएको नेक्स्ट–जेनेरेसन हाइब्रिड भेरियन्टले प्रतिग्यालेन ३४ माइलसम्मको माइलेज र ६०० माइलभन्दा बढी ड्राइभिङ रेन्ज प्रदान गर्नेछ । यसका साथै नेचुरली एस्पिरेटेड भी६ इन्जिन विकल्प पनि उपलब्ध छ, यसले प्रदर्शन र दक्षताको सन्तुलन कायम राख्नेछ । अफ–रोड क्षमताका लागि पालिसेडको एक्सआरटी प्रो ट्रिम पनि लाइनअपमा समावेश गरिएको छ ।