काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन पाँच दशमलव ३८ अंकले ओरालो लागेको नेप्से परिसुचक आज पुन १७ दशमलव ५३ अंकले ओरालो लागेर २७ सय १४ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले ओरालो लागेर चार सय ६२ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३८ हजार आठ सय ८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार नौं सय ३९ कित्ता शेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार आठ सय ६५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा जलबिद्युत, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।