पछिल्ला समय राष्ट्रिय झण्डाको दुरूपयोग गर्ने क्रम अत्यधिक बढेको देखिन थालेको छ । सामानय प्रदर्शनीदेखि हिंसात्मक गतिविधि गर्नेहरूले पनि राष्ट्रिय झण्डा ओढेर आफुलाई छोप्ने गरेका छन । गएको चैत्रमा भएको राजावादीहरूको आन्दोलनमा जेजस्ता हिंसात्मक काम भए त्यसमा अत्यधिक मात्रामा राष्ट्रिय झण्डा नै प्रयोग भएका थिए । राष्ट्रिय झण्डा आडेर नै घरमा आग्जनी भयो र मान्छेलाइ ज्यूँदै जलाउने काम पनि । कतिसम्मभने मदिराका वोतल लुटपाट गर्नेहरूलेपनि राष्ट्रिय झण्डा नै ओढेका थिए । राष्ट्रिय झण्डाको यस्तो दुरूपयोग त्या बेलामात्र होइन । केही अघिकोजेजी प्रदर्शनमा पनि देखियो । यसमा त सिंहदरवारजलाउनेदेखि प्रहरीका हतियार लुटनेसम्मका काम राष्ट्रिय झण्डा ओढेर नै सम्पन्न गरिएका थिए । स्थिति कस्तो मम्म भने जेलतोडेर भाग्दापनि उनकाकाक्धमा राष्ट्रिय झण्डा नै लपेटिएको देखिएको थियो । पछिल्लोसमय निर्वाचनमा उम्मेदवार र उनका समर्थकले यस्तो राष्ट्रिय झण्डाको दुरूपयोगलाई झनै तीव्र बनाएका छन । यसलाई कडाइकासाथ रोकिएन भने राष्ट्रिय झण्डाको गरिमा नरहन सक्तछ ।
यसैलाई मध्यनजर गरेर होला गृह मन्त्रालयले वक्तव्य नै निकालेर राष्ट्रको गौरव र स्वाभिमानको प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डाको दुरूपयोग नगर्न अपिल जारी गरेको छ । यो निर्वाचनमा दलका भन्दा राष्ट्रिय झण्डा बढी मात्रामा प्रयोग हुनेगरेका देखिँदैछन । जसल राष्ट्रिय झण्डाको गरिमा र मर्यादामा आँच पु¥याउन सक्तछ । यसैकारणहोला गृहमन्त्रालयले राष्ट्रिय झण्डाको दुरूपयोग भएको पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । गृहको वक्तव्यमा भनिएको छ– राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरूपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ । राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरूपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्नेगरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री–बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक–चित्र राख्न, फहराउने प्रकृतिको कार्यबाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ ।
तर उल्लेखित घटनाक्रममा राष्ट्रिय झण्डाको जस्तोदुरूपयोग भयो र अहिले भैरहेको छ त्यसलाई रोक्न यति वक्तव्यलेमात्र नपुग्ला । विगतमा राष्ट्रिय झण्डा ओढेर प्रहरीका हतियार खोस्नेहहरूले जसरी उन्मुक्ति पाए, सिंहदरवार जलाउनेहरूको पहिचान भएरपनि कुनै कावाही गरिएन, त्यस्तो बेला गृहको यस्तो नरम चेतावनीले मात्र योदुरपयोग रोकिएला भन्ने अवस्था छैन । निर्वाचनका क्रममा राष्ट्रिय झण्डा ओढेर अर्को उम्मेदवारलाई समाजले अपाच्यमान्ने शव्द प्रयोगगरेर जसरी गालीगलौज गरिदैछ त्यसले पनि राष्ट्रिय झण्डाप्रति घृणा फैलाउने खतरा बढाउछ । यस अघि नै राष्ट्रिय झण्डा ओढेर सिंहदरवार जलाउन खोज्ने वा उक्साउनेहरूमाथि कार्वाही गरिएको भए या हदसममको दुरूपयोगको अवस्था नआउन सक्थ्योहोला भन्ने विज्ञहरूको बुझाइछ । राष्ट्रिय पहिचानका चिन्हहरू सवैका साझा हुन । त्यसलाई कसकसले धारण गर्ने भनेर संविधानमा नै लेखिएको छ । राष्ट्रिय झण्डाको झोलामा बन्दुक वा खुकरी बोेकियो भने त्यो कसैलाई मान्य हुँदैन । चुनावका बेलामा त राष्ट्रिय झण्डाको दुरपयोग अत्यधिक बढने संकेतहरू देखिइसकिएका छन । त्यसकारण सरकारले राष्ट्रिय झण्डाको दुरूपयो गर्नेमाथि कडारूपले प्रस्तुत हुन जरुरी छ । गृहले वक्तव्य निकालेरमात्र हुँदैन । दण्डात्मक प्रकृयामा अग्रसर हुनुपर्छ ।