काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड १६ लाख ५७ हजार तीन सय २२ रूपैैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २५ लाख ९८ हजार पाँच सय ९६ रूपैैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय ६० रूपैयाँ रहेको फाइनान्सले चालु आवको दोस्रो त्रैमासमा नौ अर्ब दुई करोड ४५ लाख २९ हजार सात सय ८३ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५५ करोड आठ लाख ८९ हजार आठ सय ८५ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ४१ लाख ५३ हजार ४० रूपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले नौ अर्ब ४२ करोड ९१ लाख छ हजार आठ सय ६७ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७१ करोड ५७ लाख ८१ हजार सात सय रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८२ लाख ९९ हजार चार सय ५२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।