काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ नियुक्त भएका अध्यक्षले काम गर्नै बाटो खुला भएको छ । सर्वोच्चले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई रोक लगाउन नपर्ने भनी आदेश गरेसँगै नयाँ अध्यक्षको लागि काम गर्ने बाटो खुला भएको हो ।
सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २३ भदौमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नपर्ने भनी निर्णय गरेपछि प्राधिकरणमा नयाँ नियुक्त भएका अध्यक्षलाई काम गर्न सहज भएको छ । यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भनी सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।