काठमाडौं । फाइनान्स कम्पनीहरूमा ५५ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १७ मध्ये १५ फाइनान्स कम्पनीमा तीन दशमलव ५१ देखि ५५ दशमलव २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको हो ।
यस अवधिमा नेपाल फाइनान्स, जानकी फाइनान्स र प्रोग्रेसिभ फाइनान्सले खुद नोक्सानी व्यहोरेका छन् । बाँकी फाइनान्सको नाफा सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नोक्सानी व्यहोरेका बेस्ट, गोर्खाज, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, पोखरा, रिलायन्स र समृद्धि फाइनान्सको खुद मुनाफा पनि यस अवधिमा सकारात्मक देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा तीन दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बेस्ट, सेन्ट्रल र गुडविल फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड ७४ लाख ८५ हजार, तीन करोड ९१ लाख ९१ हजार र एक करोड १७ लाख आठ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः १३ दशमलव ८७, १४ दशमलव १८ र छ दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा बेष्टले एक करोड ७२ लाख ६२ हजार रुपैयाँँ खुद नोक्सानी बेहोर्दा सेन्ट्रल र गुडविलले भने क्रमशः ३४ लाख ९० हजार र एक करोड चार लाख ९० हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ८६, ११ दशमलव ९४ र छ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा गोर्खाज, गुह्ेश्वरी मर्चेन्ट र आईसीएफसी फाइनान्सले भने क्रमशः छ करोड १६ लाख ५७ हजार, एक करोड ६८ लाख ४८ हजार र तीन करोड २० लाख ३० हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ७८, छ दशमलव ९४ र तीन दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा गोर्खाज र गुह्ेश्वरीले क्रमशः २५ लाख ९८ हजार र दुई करोड १८ लाख ८१ हजार रुपैयाँँ खुद नोक्सानी बेहोर्दा आईसीएफसी फाइनान्सले १० करोड ९१ लाख ३२ हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो भने यि तीन वटा फाइनान्सहरूमा क्रमशः तीन दशमलव शून्य छ, आठ दशमलव १८ र तीन दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
मल्टीपर्पस, पोखरा र रिलायन्स फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः ७८ लाख ३४ हजार, २३ करोड ३८ लाख २८ हजार र १७ लाख २३ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः आठ दशमलव ३०, २५ दशमलव १० र नौ दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा मल्टीपर्पसले एक करोड २३ लाख ८९ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा पोखरा र रिलायन्सले भने क्रमशः ६३ करोड ७९ लाख ६४ हजार र एक करोड १९ लाख ७३ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको थियो भने क्रमशः पाँच दशमलव ४५, ३३ दशमलव ४४ र १४ दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा समृद्धि र रिलायन्स फाइनान्सले भने क्रमशः ११ लाख ६९ हजार र एक करोड २१ लाख ६३ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः आठ दशमलव १७ र तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गत आवको सोही अवधिमा समृद्धिले छ करोड २८ लाख २१ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा श्री इन्भेष्टमेन्टले एक करोड ४१ लाख ६० हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो भने क्रमशः १९ दशमलव ३४ र तीन दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । जानकी, प्रोग्रेसिभ र नेपाल फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासमा क्रमशः दुई करोड २३ लाख ८३ हजार, दुई करोड ९२ लाख ५१ हजार र आठ करोड ७३ लाख ४९ हजार रुपैयाँँ खुद नोक्सानी बेहोर्दा क्रमशः ५५ दशमलव २६, सात दशमलव ३९ र १६ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने जानकीले १६ करोड पाँच लाख नौ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा प्रोग्रेसिभ र नेपाल फाइनान्सले क्रमशः आठ करोड ५३ लाख ५० हजार र दुई करोड पाँच लाख चार हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः ४० दशमलव ८८, पाँच दशमलव ५७ र १० दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।