काठमाडौं । रोटरी क्लव अफ नार्गाजुनले आफनो २२औँ स्थापना दिवशको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्त्रण गरेको छ ।
रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर बिनोद कोइरालाले क्लवकातर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्त्रण गरेका हुन् । ट्राफिक प्रहरीको कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर बिनोद कोइरालाले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आफूहरुले सानो सहयोग हस्तान्त्रण गरेको बताए । त्यसैगरी प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले रोटरीलगायतका सामाजिक संस्थाहरुकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठूलो योगदान पुगेको बताए ।