नेपाल र जापानबीचको सम्बन्ध केवल दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धमात्र नभएर, यो अटुट विश्वास, साझा सांस्कृतिक मूल्य र विकासको साझेदारीको नाम पनि हो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै जापान नेपालको एक प्रमुख र भरपर्दो विकास साझेदार रहँदै आएको छ । यो सन् २०२६ मा यो सम्बन्धले ७० वर्ष पूरा गर्दैछ । यसै ऐतिहासिक घडीमा राष्ट्रपतिको तहबाट हुने उच्चस्तरीय भ्रमण र संवादले दुई देशबीचको आर्थिक सहयोगलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । तसर्थ देशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जापानको सहयोग निकै महत्वपूर्ण रहेको छ । त्यसरी मुलुकलाई सहायता दिने प्रमुख दातृ राष्ट्रहरूको सूचीमा जापान सधैँ अग्रपङ्क्तिमा रहन्छ । जुन राष्ट्रको गरिबी निवारण र दिगो आर्थिक विकासका लागि जापानले अनुदान सहायता, प्राविधिक सहयोग र सहुलियतपूर्ण ऋणमार्फत अर्बौँ रुपैयाँ परिचालन गरेको छ । जबकि जापानले नेपाललाई प्रदान गर्ने आर्थिक सहयोग मुख्यतया जापान अन्तर्राष्ट्रिय सहयोग नियोगमार्फत परिचालन हुन्छ । पछिल्ला वर्षहरूमा जापानले वार्षिक औसतमा १५ देखि २० अर्ब नेपाली रुपैयाँ बराबरको विभिन्न सहायता प्याकेजहरू उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्नुभएको सन्दर्भमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको अवसरमा दुई देशबीचको आर्थिक सहयोगको विषय निकै महत्वपूर्ण बनेको छ । यो भ्रमण माघ १८ गतेदेखि २१ माघसम्म रहेको छ । जसलाई नेपाल–जापान सम्बन्धको ऐतिहासिक माइलस्टोनको रूपमा हेरिएको छ । जबकि राष्ट्रपति पौडेलले जापानी समकक्षीहरूसँग भेटघाट गर्दै आर्थिक सहयोग, लगानी, व्यापार र विकास साझेदारीलाई थप मजबुत बनाउने विषयमा जोड दिनुभएको छ । यसमा विशेष गरी जापानी व्यवसायीहरूलाई नेपालमा कृषि, जलविद्युत्, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ । जुन नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापना भएको थियो । त्यसयता जापानले नेपाललाई एक प्रमुख दातृ राष्ट्रको रूपमा निरन्तर सहयोग गर्दै आएको छ । फलतः जापानको आर्थिक सहयोग मुख्य रूपमा अफिसियल डेभलभमेन्ट एसिसस्ट्रेन्ट (ओडीए) मार्फत प्रदान गरिन्छ । जसमा ग्रान्ट एड (अनुदान), टेक्निकल कोअपरेसन (प्राविधिक सहयोग) र लोन एड (ऋण सहयोग) समावेश हुन्छन् । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत यो सहयोग सञ्चालित हुन्छ ।जापानको सहयोग नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, विभिन्न प्रकारका व्यवस्थापन, जलविद्युत्, सडक यातायात र सामाजिक क्षेत्रमा केन्द्रित छ । सन् १९६९ देखि जापानले नेपाललाई ओडीए ऋण सुरु गरेको थियो । सुरुमा कमोडिटी लोनबाट थालिएको यो सहयोगपछि ठूला परियोजनाहरूमा विस्तार भयो । उदाहरणका लागि, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, कुलेखानी जलविद्युत्, विभिन्न सडक निर्माण जस्तै सिन्धुली सडक, काठमाडौँ–भक्तपुर सडक सुधार, प्राथमिक शिक्षा सुधार, ग्रामीण सडक, अस्पताल तथा स्वास्थ्य केन्द्र निर्माण आदि प्रमुख छन् । यसरी विगत ७ दशकको अवधिलाई हेर्ने हो भने जापानले नेपाललाई गरेको कुल सहयोगको विवरणलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ । यसमा पहिलो अनुदान सहायतामा २ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । जसमा विद्यालय, अस्पताल, खानेपानी आयोजना आदि रहेका छन् । त्यसैगरी दोस्रोमा प्राविधिक सहयोगमा ६० अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । त्यसमा भने खासगरीकन सीप विकास, तालिम, विशेषज्ञ सेवा आदि रहेका छन् । त्यस्तैगरी तेस्रोमा सहुलियत ऋणमा भने १ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यी जलविद्युत् र सुरुङमार्ग जस्ता ठूला पूर्वाधार आदि रहेका छन् भने चौथोमा सन् २०२४÷२५ को बजेटरी सहायता र विभिन्न परियोजनाका लागि जापानले करिब ३० अर्ब रुपैयाँ बराबरको नयाँ प्रतिबद्धता जनाएको थियो । हाम्रो जस्तो गरिब देशलाई जापानले उपलब्ध गराएको रकमको सही सदुपयोग र आयोजनाहरूको समयमै सम्पन्नता नेपालका लागि चुनौती तथा अवसरको विषय पनि हो ।
यद्यपि, जापानको शून्य ब्याज दर वा अत्यन्तै न्यून ब्याजदरका ऋणहरू नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि वरदान सावित भएका छन् ।यो ७०औँ वर्षगाँठमा राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्री, सम्राट नारुहितोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । भ्रमणमा जापानले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएको छ । राष्ट्रपति पौडेलले जापानी निजी क्षेत्रलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ । जसले आर्थिक सहयोगलाई नयाँ उचाइ दिन सक्छ । जापानले नेपाललाई एलडीसीको रूपमा हेरेर सहयोग जारी राखेको छ । र यो सहयोगले नेपालको गरिबी निवारण, पूर्वाधार र दिगो विकासमा ठूलो योगदान दिएको छ । त्यसरी नै भ्रमणको दोस्रो दिन फेब्रुअरी २ मा राष्ट्रपति पौडेलले जापान सरकारको तर्फबाट आयोजित विशेष स्वागत समारोहमा भाग लिनुहुने कार्यक्रम तय भएको छ । यो समारोह नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठलाई समर्पित थियो । जापानका विदेश मन्त्रालयका स्टेट मिनिस्टर होरि इवाओले यो कार्यक्रम आयोजना गर्नुभएको थियो । यो अवसरमा दुवै देशका प्रतिनिधिहरूले विगत ७ दशकको सहकार्यको प्रशंसा गर्दै भावी सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । यो भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम फेब्रुअरी ३ तारिखको रहेको छ । जब राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितो र सम्राज्ञी मासाकोसँग इम्पेरियल प्यालेसमा राज्य भेट गर्नुहुने कार्यक्रम पनि रहेको छ । यो भेट नेपालका राष्ट्रपतिले जापानका सम्राटसँग गरेको उच्चस्तरीय भेट हो । जसले दुवै देशबीचको सम्मान र सद्भावलाई प्रतीकात्मक रूपमा उजागर गर्छ । फलतः जापानको संवैधानिक राजतन्त्रमा सम्राटको स्थान उच्च छ, र यो भेटले कूटनीतिक सम्बन्धको गहिराइलाई देखाउँछ । सोही भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नुहुने छ ।
सो वार्तामा व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तनजस्ता विषयहरूमा छलफल हुने छ । जापानले नेपाललाई दिएको विकास सहयोग विशेष गरी जाइकामार्फत सञ्चालित परियोजनाहरूको प्रगति र नयाँ परियोजनाहरूबारे पनि कुराकानी हुने जनाइएको छ । जापानले नेपालको सडक, पुल, जलविद्युत्, स्वास्थ्य केन्द्र र भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । सन् २०१५ को भूकम्पपछि जापानले नेपाललाई करोडौँ डलर बराबरको सहायता उपलब्ध गराएको थियो । यसमा भन्ने नै हो भने अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली समुदाय र जापानी व्यवसायीहरूसँगको भेटघाट हो । राष्ट्रपति पौडेलले जापानमा रहेका नेपालीहरूको कार्यक्रममा सहभागी हुने कार्यक्रम र नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा भाग लिनु हुने छ । जापानमा हजारौँ नेपालीहरू काम गर्छन्, अध्ययन गर्छन् र व्यवसाय सञ्चालन गर्छन् । यो भेटले जनस्तरको सम्बन्धलाई मजबुत बनाउँछ । साथै, जापानी व्यवसायीहरूसँगको बैठकमा नेपालमा लगानीका अवसरहरूबारे छलफल हुनेछ । नेपालको पर्यटन, जलविद्युत्, कृषि र सूचना प्रविधि क्षेत्रमा जापानी लगानी बढाउन सकिने सम्भावना रहको छ । यो भ्रमणले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । जुन सात दशर्कामा दुवै देशले एकअर्कालाई विश्वासयोग्य साझेदारका रूपमा स्थापित गरेका छन् । जापानको लागि नेपाल दक्षिण एसियामा महत्वपूर्ण छ । जबकि नेपालको लागि जापान विकास र प्रविधिको स्रोत पनि हो ।
यो सम्बन्धमा कुनै ठूलो विवाद वा तनाव कहिल्यै देखिएको छैन । जसले यसलाई अनुकरणीय बनाएको छ । तसर्थ भ्रमण समाप्त भएपछि राष्ट्रपति पौडेल माघ २१ गते नेपाल फर्किनुहुने कार्यक्रम रहेको छ । यो भ्रमणले दुवै देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको छ र भावी पुस्ताका लागि सहयोगको ढोका खोलेको छ । नेपाल र जापानको यो सम्बन्ध शान्ति, विकास र आपसी सम्मानको प्रतीक बनेको छ । राष्ट्रपति पौडेलको यो ऐतिहासिक भ्रमणले यो यात्रालाई स्मरण गर्दै अर्को दशकतर्फको यात्रालाई उत्साहजनक बनाएको छ । समग्रमा भन्नुपर्दा नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक औपचारिकतामा सीमित छैन । यो नेपालको आर्थिक कायापलटको संवाहक पनि हो । जापानले हालसम्म प्रदान गरेको खर्बौँ रुपैयाँको आर्थिक सहयोगले नेपालको भौतिक र मानवीय पुँजी निर्माणमा जग हाल्ने काम गरेको छ । राष्ट्रपतिको भ्रमणले यो सात दशक लामो मित्रतालाई अझ प्रगाढ बनाउँदै नेपालको समृद्धिको यात्रामा जापानलाई एक अभिन्न साझेदारको रूपमा स्थापित गर्नेछ । मूलतः नेपाल–जापान आर्थिक सहयोगको कुल रकम नेपाली रुपैयाँमा सयौँ अर्ब पुगेको छ । जसले नेपालको विकास यात्रालाई मजबुत बनाएको छ । अतः यो सहयोग केवल आर्थिक नभई प्राविधिक ज्ञान, मानवीय आदानप्रदान र मैत्रीपूर्ण सम्बन्धको प्रतीक पनि हो । जबकि यो यात्राले भावी दिनमा थप लगानी र सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।