काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार कारोबार खुलेको केही समयमा २२ दशमलव १७ अंकले ओरालो लागेपछि केही समय कारोबार रोकिएको थियो । त्यसपछि क्रमश सम्हालिएको नेप्से परिसुचक अन्तिम समयमा एक दशमलव ६४ अंकले ओरालो लागेर २६ सय ८१ दशमलव ५० बिन्दुमा खुम्चिन पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ५६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ८० हजार चार सय २२ पटकको कारोबारमा एक करोड ६६ लख ८२ हजार छ सय २६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।