काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको देखिएको छ । सञ्चालनमा रहेका ५१ मध्ये हालसम्म झण्डै एक दर्जनले मात्र वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।हालसम्म २० वाणिज्य बैंक, १५ विकास बैंक र १५ वटै फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण प्रकाशित गरेकामध्ये आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा सात करोड ६६ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले चार करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।गुराँस, एनआईसी एसिया र फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले भने चालू आवको दोस्रो त्रैमासमा क्रमशः दुई करोड ६६ लाख २० हजार, एक करोड ८८ लाख १४ हजार र सात करोड चार लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव १३, १७ दशमलव ३८ र चार दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूले क्रमशः एक करोड ५४ लाख ६३ हजार, ४२ लाख १४ हजार र पाँच करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः दुई दशमलव ७८, १३ दशमलव ३७ र चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको देखिएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा सपोर्ट, साना किसान र हिमालयन लघुवित्त वित्तीय संस्थाले पनि क्रमशः तीन करोड १७ लाख ५५ हजार, ३८ करोड नौ लाख ५५ हजार र चार करोड ४७ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव १७, चार र आठ दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले क्रमशः एक करोड ५५ लाख तीन हजार, ५१ करोड ७७ लाख ५५ हजार र दुई करोड ६० लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ७४, दुई दशमलव २७ र पाँच दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । स्वरोजगार, मेरो माइक्रो र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः १२ करोड ७४ लाख ९५ हजार, नौ करोड ८५ लाख १२ हजार र पाँच करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः सात दशमलव ५५, १९ दशमलव ५४ र पाँच दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूले क्रमशः आठ करोड ८० लाख एक हजार, सात करोड ९५ लाख ५३ हजार र तीन करोड २६ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव शून्य चार, सात दशमलव ७८ र दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।