बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा पाँच लाख रुपैयाँ जरिवाना, २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र तीन दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको प्रहरीले जनाएको छ ।