मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौै करोड ८५ लाख १२ हजार एक सय ६७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ९५ लाख ५३ हजार आठ सय ७८ रुपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी एक अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा चार अर्ब २४ करोड ६५ लाख ७४ हजार चार सय ९८ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ७३ करोड १६ लाख ३९ हजार आठ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ४५ लाख ४३ हजार सात सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १९ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले तीन अर्ब ९८ करोड आठ लाख ९८ हजार आठ सय रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७९ करोड ४२ लाख आठ हजार चार सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५० करोड ६३ लाख ६३ हजार एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।