फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा रकम बढेर ५५ प्रतिशत नाघेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा न्यूनतम तीन दशमलव शून्य छदेखि ४० दशमलव ८८ प्रतिशतसम्म रहेको निष्क्रिय चालू आवको दोस्रो त्रैमासमा बढेर न्यूनतम तीन दशमलव ५१ देखि अधिकतम ५५ दशमलव २६ प्र्रतिशतसम्म पुगेको हो ।सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १५ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यस अवधिमा जानकी फाइनान्समा सबैभन्दा बढी अर्थात् ५५ दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने सबैभन्दा कम अर्थात् तीन दशमलव ५१ प्रतिशत निष्क्रिय कर्जा आईसीएफसी फाइनान्समा देखिएको छ । गत आवको सोही अवधिमा यी दुई फाइनान्सहरूमा क्रमशः ४० दशमलव ८८ र तीन दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार पोखरा, नेपाल र सेन्ट्रल फाइनान्समा पनि क्रमशः २५ दशमलव १०, १६ दशमलव ७३ र १४ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्स कम्पनीहरूमा क्रमशः ३३ दशमलव ४४, १० दशमलव ४६ र ११ दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बेस्ट, रिलायन्स, मल्टीपर्पस फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः १३ दशमलव ८७, नौ दशमलव शून्य नौ र आठ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः तीन दशमलव ८६, १४ दशमलव ३१ र पाँच दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिक अवधिमा समृद्धि, प्रोग्रेसिभ र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा पनि क्रमशः आठ दशमलव १७, सात दशमलव ३९ र छ दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः १९ दशमलव ३४, पाँच दशमलव ५७ र आठ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुडविल र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीमा भने पछिल्लो अवधिमा क्रमशः छ दशमलव शून्य सात र तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः छ दशमलव ७७ र तीन दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गोर्खाज र मञ्जश्री फाइनान्समा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः तीन दशमलव ७८ र तीन दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शुन्य छ र तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।