काठमाडौं, भदौ २५ न्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोषलाई नियुक्त गर्ने गरी सम्झौता गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य र कोषका तर्फबाट कार्यकारी निर्देशनक रमण नेपालले हस्ताक्षर गरेका हुुन् ।