काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १० दशमलव ३५ अंकले ओरालो लागेको नेप्से परिसुुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २६ दशमलव शुन्य पाँच अंकले ओरालो लागेर २६ सय ७९ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख दुई हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ६७ लाख ६६ हजार तीन सय ४७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख १५ हजार दुई सय ८९ रुपैयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेको छ ।