काठमाडौं, शेयर बजारको निरन्तरको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २६ दशमलव शुन्य पाँच अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से मंगलबार पुन १० दशमलव २५ अंकले ओरालो लागेर २६ सय ६२ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ८९ हजार आठ सय ३६ पटकको कारोबारमा दुई करोड १७ लाख १५ हजार आठ सय ६८ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
जसबाट आज कुल कारोबार रकम आठ अर्ब ६१ करोड ६४ लाख १० हजार एक सय ३२ रुपैंैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।