काठमाडौं, शेयर बजारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १० दशमलव २५ अंकले खुम्चिएको बजार परिसुचक नेप्से आज पनि शुन्य दशमलव शुन्य चार अंकले ओरालो लागेर २६ सय ६२ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८१ अंकले उकालो लागेर चार सय ५५ दशमलव २० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ८२ हजार चार सय ५० पटकको कारोबारमा दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब ६९ करोड २२ लाख ५० हजार आठ सय ५५ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा र लगानी उपसमुहको सुचक उकालो लागेको छ भने फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।