बैंकहरूले फागुन महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर तोकेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै फागुन महिनाको लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका हुन् । ब्याजदर सार्वजनिक गर्ने बैंकमध्ये ११ वटा बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी नौवटाले घटाएका छन् । जसमध्ये नबिलले माघ महिनाकै ब्याजलाई निरन्तरता दिएर फागुन महिनाको लागि चार दशमलव ५५ प्रतिशत ब्याजदर तोकेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगाले बैंकले माघ महिनाको लागि तोकेको पाँच प्रतिशत ब्याजदरलाई फागुन महिनाको लागि घटाएर चार दशमलव पाँच प्रतिशतमा झारेको छ । माछापुच्छे« र हिमालयन बैंकले पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएर फागुन महिनाको लागि क्रमशः चार दशमलव पाँच र पाँच प्रतिशत ब्याजदर कायम गरेका छन् । नेपाल एसबीआई र एभरेष्ट बैंकले माघ महिनाको लागि तोकिएको चार दशमलव ४० र चार दशमलव ४० प्रतिशत ब्याजदरलाई क्रमशः चार दशमलव २५ र चार दशमलव २५ प्रतिशतमा झारेका छन् । एनआईसी एसिया बैंकले भने माघ महिनाकै पाँच प्रतिशत ब्याजदरलाई फागुन महिनाको लागि यथावत् राखेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले पनि माघ महिनाको कायम रहेको चार दशमलव ३६ प्रतिशत ब्याजरबाट फागुन महिनाको लागि चार दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी र कुमारी बैंकले भने माघ महिनामा कामय रहेको ब्याजदर क्रमशः चार दशमलव पाँच र चार दशमलव ४३ प्रतिशत ब्याजदरलाई फागुन महिनाको लागि पनि कायम राखेका छन् ।फागुन महिनाको लागि सिद्धार्थ र सानिमा बैंकले भने माघ महिनामा कायम रहेको ब्याजदर क्रमशः चार दशमलव ५५ र चार दशमलव ५५ प्रतिशतलाई क्रमशः चार दशमलव २५ र चार दशमलव पाँच प्रतिशतमा झारेका छन् । यसबीचमा एनएनबी र प्रभु बैंकले माघ महिनामा कायम रहेको पाँच र चार दशमलव ५५ प्रतिशत ब्याजदरलाई फागुन महिनाको लागि पनि निरन्तरता दिएको छ । ग्लोबल आईएमई बैंकले भने माघ महिनामा कायम रहेको पाँच दशमलव ५० प्रतिशत ब्याजदरलाई फागुन महिनाको लागि चार दशमलव ७५ प्रतिशतमा झारेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले भने फागुन महिनाको लागि माग महिनामै कायम रहेको चार दशमलव पाँच प्रतिशत ब्याजदरलाई निरन्रता दिएको छ । प्राइम र कृषि विकास बैंकले भने माघ महिनामा कायम रहेको ब्याजदर क्रमशः चार दशमलव ४० र चार दशमलव ४० प्रतिशतलाई फागुन महिनाको लागि घटाएर क्रमशः चार दशमलव २५ र चार दशमलव २५ प्रतिशतमा झारेका छन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने माघ महिनामा कायम रहेको ब्याजदर क्रमशः पाँच दशमलव १० र पाँच प्रतिशतलाई फागुन महिनाको लागि पनि सोही अनुपातमा कायम रहने गरी निरन्रता दिएका छन् ।