काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सालपा विकास बैंक लिमिटेडको सेयर सूचीकृत भएको छ । शुक्रबार बैंकको एक सय रुपैयाँ अंकित दरका कुल ५२ लाख २३ हजार आठ सय ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण सेयरधनीहरूमा वितरण गरिएको ३३ प्रतिशत सेयर अर्थात् ३५ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ६७ प्रतिशत सेयर अर्थात् ५२ लाख २३ हजार आठ सय ८० कित्ता रहेको छ । बैंकको आईपीओ ‘एसएबीबीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । नेप्सेले बैंकको सेयरलाई पहिलो कारोबारको लागि एक सय रुपैयाँदेखि अधिकतम तीन सय रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको सेयर फागुन चार गतेदेखि सोमबार दोस्रो बजारमा कारोबारका लागि खुल्नेछ ।