काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक नाफा ऋणात्मक देखिएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक करोड ६७ लाख ४५ हजार चार सय ७६ रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा संस्थाले सात करोड चार लाख ५५ हजार नौं सय चार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार तीन सय ५९ रुपैंयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब १८ करोड ६८ लाख ४० हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब एक करोड ८६ लाख छ हजार ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९२ लाख ९१ हजार चार सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १९ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब सात करोड ८१ लाख ६५ हजार पाँच सय २० रुपैयाँ निक्षेप संकलन गरी नौं अर्ब ५९ करोड ५४ लाख २९ हजार पाँच सय २७ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ४२ लाख ९१ हजार पाँच सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।