काठमाडौं । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले हालै एक विशेष कार्यक्रमको आयोजना गरि बाइकर्स क्याफेमा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
कार्यक्रममा यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, यसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई देखाएको थियो । कम्पनीका अनुसार अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू, तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ । ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।