झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
अवैध हातहतियार र लागूऔषध स्थानीय तुलबहादुर थापा मगरको घरमा लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो । सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।
प्रवक्ता खड्काले घटनामा संलग्न सौगात भने फारर रहेको जानकारी दिएका छन् । लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ ।