काठमाडौं । क्रिएसन नेपालले सफा गरौँ अभियानअन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच सयभन्दा बढी सफाइकर्मी परिचालन गरी बृहत् सरसफाइ गरेका छन् ।
दि कोकालाकोला फाउन्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजनाअन्तर्गत क्रिएसन नेपालले सञ्चालन गरेको सफा गरौँ अभियानअन्तर्गत करिब पाँच सयभन्दा बढी सफाइकर्मीहरु परिचालन गरी पशुपतिक्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन् ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौँको संख्यामा घुइँचो लाग्ने भएको हुँदा फोहोरमैला पनि व्यापक हुने भएको हुनाले निजी क्षेत्रमा कार्यरत सफाइकर्मीहरुसँग मिलेर अभियानको रुपमा हरित शिवरात्रि अभियान सञ्चालन गरिएको हो । सरसफाइ अभियानअन्तर्गत स्वयंसेवकहरुले लगातार तीन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गरेका थिए । कोकाकोला फाउन्डेसनले महाशिवरात्रिको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका उत्पदानहरु वितरण गरेका थिए ।