काठमाडौं । टायल उत्पादक ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ सोरूम सञ्चालनमा ल्याएको छ । बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त सोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
सोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्ने जनाइएको छ । सोरूमको औपचारिक उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिमा शोरुम संचालनमा ल्याइएको हो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत भएको बताए । यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्याउने उनको भनाइ छ ।
जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ सोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ । ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन् । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै तीन हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।