कर्णाली । सवारी नियम पालना नगरेका सवारीचालकबाट सुर्खेत जिल्ला प्रहरी कार्यालयले नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा पर्नुका साथै सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको थियो भने २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।