काठमाडौं, भदौ २६
एनआईसी एसिया ग्रोथ फण्डले सेयर मूल्य समायोजन गरेको छ । फण्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार फण्डले साताको अन्तिम कारोबार दिन बिहीबार १२ प्रतिशत नगद लाभांस दिने गरी प्रतियुनिट सेयर मूल्य नौ रुपैयाँ ९९ पैसा कायम गरेको हो ।
पछिल्लो पटक प्रतियुनिट ११ रुपैयाँ १९ पैसामा सेयर कारोबार भएको फण्डको स्टकमा भने प्रतियुनिटक १० रुपैयाँ अंकित मूल्य कायम रहेको ८३ करोड ५२ लाख रुपैयाँबराबरको आठ करोड ३५ लाख २० हजार युनिट सेयर सूचीकृत रहेको छ । फण्डको बजार पुँजीकरण भने ९३ करोड ४५ लाख ८८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
नेप्सेको नियमित कारोबार कक्ष यसअघि ११ बजेदेखि तीन बजेसम्म खुला हुुने भएपनि यसदिने भने नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएको भन्दै नेप्से अपरान्ह २ बजेर १५ मिनेटपछि मात्र खुला भएको छ । सोहीकारण नेप्से यसदिन साँझ पाँच बजेसम्म खुला रहेको थियो ।