काठमाडौं । फोटोन मोटरले चीनको कमर्सियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थानलाई सुरक्षित नै राखेको छ । सन् २०२५ मा फोटोन मोटरले विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्सियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको हो ।
यो उपलब्धिले कम्पनीको सशक्त उत्पादन पोर्टफोलियो, उन्नत प्रविधि र वास्तविक यातायात आवश्यकतालाई प्रतिविम्बित गर्ने जनाइएको छ । फोटोनका लाइट कमर्सियल भेहिकलदेखि हेभी–ड्युटी ट्रक तथा न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले हरेक स्केलका व्यवसायलाई निरन्तर साथ दिइरहेका छन् । कम्पनीका अनुसार सन् २०२५ मा अन्तर्राष्ट्रिय बजार नै कम्पनीको मुख्य वृद्धि चालकका रूपमा रह्यो । फोटोनले विदेशमा एक लाख ६४ हजार पाँच सयभन्दा बढी युनिट बिक्री गर्दै विश्वव्यापी मागको बलियो संकेत दिएको छ । यस उपलब्धिसँगै फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकलको निर्यातमा नेतृत्व कायम राखेको छ, जुन दीर्घकालीन अन्तर्राष्ट्रिय विश्वासको स्पष्ट प्रमाण हो । हाल फोटोन गाडीहरू एक सय ४० भन्दा बढी देशमा उपलब्ध छन्, जहाँ यसको बढ्दो ग्लोबल पार्टनर इकोसिस्टमले समर्थन गरिरहेको छ ।
यो सकारात्मक गति नयाँ वर्षमा पनि कायम रहेको छ । जनवरी २०२६ मा मात्रै फोटोनले कुल ५५ हजार पाँच सय ५३ युनिट बिक्री गर्दै चीनको कमर्सियल भेहिकल उद्योगमा शीर्ष स्थानमा कायम रहेको छ । सोही अवधिमा ओभरसिज सेल्स १५ हजार एक सय दुई युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २० दशमलव २ प्रतिशतको वृद्धि हो । यी तथ्यांकहरूले बजारमा कम्पनीप्रतिको स्थिर विश्वास र सकारात्मक विश्वव्यापी सम्भावना रहेको देखाएको कम्पनीले जनाएको छ ।
यो विश्वव्यापी विश्वास अब नेपालमा पनि थप सुदृढ बन्दै गएको छ । एमएडब्लू वृद्धिमार्फत फोटोनको अन्तर्राष्ट्रिय सफलता नेपालमा भरपर्दा सवारी, विश्वसनीय सेवा र दीर्घकालीन प्रतिबद्धतामा रूपान्तरण भइरहेको छ । १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र एमएडब्लू वृद्धिको विस्तार हुँदै गएको कम्पनीले जनाएको छ । फोटोनले आगामी दिनमा पनि मूल्य, विश्वसनीयता र भविष्य–केन्द्रित कमर्शियल सोलुसन्स प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिने जनाएको छ । साथै कम्पनीले ‘ड्राइभ टु ग्रेट’ भन्ने आफ्नो ग्लोबल थिमसहित कार्यक्रम आयोजना गरेको छ । फ्लीट कन्सल्टेसन, उत्पादन प्रदर्शन तथा आवश्यकताअनुसारका कमर्सियल सोलुसन्सका लागि ग्राहकहरूलाई नजिकैको फोटोन सोरुम भ्रमण गरी ‘ड्राइभ टु ग्रेट’ यात्रामा सहभागी हुन कम्पनीले आग्रह पनि गरेको छ ।