काठमाडौं । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई नेपालमा सार्वजनिक गरेको छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टमा ब्रान्डको हालै एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
स्कोडा कायलाकको एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्तरूपमा अनावरण गरेका थिए । उनीहरूले कायलाकलाई सहर, हाइवे र पहाडी सडक—तीनै अवस्थाका लागि उपयुक्त एसयूभीका रूपमा प्रस्तुत गर्दै नेपालको विविध सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको बताए । कम्प्याक्ट आकार हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव दिने कायलाक ११५ विएचपी पावर र १७८ एनएम टर्क उत्पादन गर्ने टर्बोचाज्र्ड पेट्रोल इन्जिनबाट सञ्चालित छ । यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा दैनिक यात्रामा आरामदायी अनुभव सुनिश्चित गर्छ । ग्राभेल र अनिश्चित सतहमा समेत सन्तुलित पावर डेलिभरीले नियन्त्रणसहितको प्रदर्शन दिने कम्पनीको दाबी छ । कायलाक ४५ लाख ९० हजार रुपैयाँदेखि उपलब्ध छ भने अटोमेटिक भेरियन्ट ५२ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ । अटोमेटिक भर्सनले ट्राफिक र उकालोमा स्टप–गो ड्राइभिङलाई थप स्मूथ र तनावमुक्त बनाउने बताइएको छ ।
मनाङ, ढोरपाटन र तीनजुरे (३,७५६ मिटर) जस्ता चुनौतीपूर्ण भू–भागमा गरिएको परीक्षणले वास्तविक अवस्थाका लागि यसको क्षमतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ । भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भएको कायलाकले ‘कार अफ द इयर २०२५’ लगायतका सम्मानहरू जितिसकेको छ ।